+
+

चिलिमे हाइड्रोले कमायो ५६ करोड, नाफामा ५ प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २६ गते १६:४८

Chilime_Hydropower

२६ माघ, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.३४ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ५६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ३२ लाख रुपैयाँ कमाएकोे थियो ।

कम्पनीले जगेडा कोषमा ४ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ पुर्‍याएको छ । चालु सम्पत्ती ५. ५७ प्रतिशतले वृद्धि गरी २ अर्ब २३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । चालु दायित्व १.४३ प्रतिशत वृद्धि भई ३४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

चिलिमेको प्रतिशेयर आम्दानी १७.९२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात ३७.९७ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३८.७२ रुपैयाँ रहेको छ भने तरलता अनुपात ६.४३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?