Comments Add Comment

सिरियामा एउटै शहरमा तीनलाख मानिस भोकभोकै : राष्ट्रसंघ

khana२७ माघ काठमाडौं । संयुक्त राष्ट्रसंघले सीरियाको अलेप्पो शहरमा बिद्रोहीको नियन्त्रण रहेका क्षेत्रमा सरकारी सेनाले घेराबन्दी गर्दा तीन लाख मानिस भोकभोकै भएको जनाएको छ ।

गत हप्ता विद्रोही विरुद्धको कारबाहीको क्रममा सुरक्षा निकायले तुर्कीमिनिस्तानबाट आउने  सडकलाई बन्द गरेको थियो । जसका कारण तीन लाख जनतामा पुग्ने खाद्यान्य रोकिएको थियो ।

संयुक्त राष्ट्रसंघले टर्कीसँग पनि भनेको छ कि उसले तीन लाख मानिसलाई आफ्नो देशमा प्रवेश गर्न स्विकृति प्रदान गरोस् जो टर्कीको सीमामा आएर फसेका छन् । उद्धारकर्मीहरुका अनुसार सीमामा रहेका मानिसहरुको अवस्था अत्यन्त दयनिय रहेको छ ।

सीरियामा मार्च २०११ मा सरकार विरोधी प्रर्दशन भएको थियो जतिखेर अलेप्पोको अवस्था ठिक थियो । तर सन् २०१२ देखि सरकारी सेना र बिद्रोही बिचको भिडन्तले समस्या उत्पन्न भएको छ । khana2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment