Comments Add Comment

मृतकको शोकमा बन्दुक पड्काउदा एक घाइते

२ फागुन, ताप्लेजुङ । ताप्लेजुङको तिरीङ्गे गाविसमा भरुवा बन्दुक पड्काउँदा एक जना गम्भिर घाईते भएका छन् ।

लिम्बु संस्कृति अनुसार मृतकको घरमा गाउँलेलाई मरीमराउको जानकारी दिन भरुवा बन्दुक पड्काउँदा तिरीङ्गे एक निवासी ४४ वर्षीय मोहन लिम्बु गम्भिर घाईते भएका हुन ।

उनलाई शनिबार साँझनै सदरमुकाम स्थित तमोर अस्पतालमा उपचारका लागि लगिएपनि उपचार हुन नसके पछि जिल्ला बाहिर रेफर गरेको अस्पतालले जानकारी दिएको छ ।

लिम्बु समुदायको बाहुल्यता रहेको ताप्लेजुङमा यस समुदायले आफ्नो संस्कृति अनुसार विवाह र मृत्युमा गाउँमा जानकारी दिन भरुवा बन्दुक पट्काउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment