Comments Add Comment

काल्सबर्ग गल्फ क्लासिक-२०१६ सकियो, महेन्द्रलाई उपाधि

calsberg-gulf
२० वैशाख, काठमाडौं । काल्सबर्ग गल्फ क्लासिक-२०१६ प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि महेन्द्रकुमार मैनालीले जिते भने रबिन्दर सैनी उपविजेता घोषित भए ।

यसपटकदेशभरिका सयभन्दा बढी उदयमान गल्फरले प्रतिस्पर्धा गरेका थिए। यसमध्ये १८ हृयाण्डीक्याप पुरुषका लागि भएको थियो भने २४ महिलाका लागि थियो । यो सिजनमा १५ वटा विभिन्न विधाका सहभागीलाई पुरस्कृत गरिएको थियो ।

विजेता, उप-विजेता, बेष्ट ग्रस, सिनियर विजेता, महिला विजेता, महिला उप-विजेता, गेष्ट विजेता, बेष्ट फस्ट नाइन (नेट), बेष्ट सेकेण्ड नाइन (नेट), महिला विजेता लगायत समावेश थिए ।

पुरस्कार वितरण समारोहमा विजयीलाई काल्र्सबर्ग र पदकले पुरस्कृत गरिएको थियो । गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक फिलिप नोर्लेले १९९० देखि सुरु भएको काल्र्सबर्ग गल्फले उदयमान गल्फरलाई सहभागिताको उचित अवसर दिएको बताए ।
उनले काल्र्सबर्ग र गल्फको सम्बन्ध दशकौंको प्रायोजनले अझ दरिलो भएको यसलाई निरन्तरता दिने उल्लेख गरे ।

गोर्खा बु्रअरीका बजार प्रमुख वैभव शर्माले अत्याधिक लगन र समर्पणले काल्बर्ग र गल्फ खेलाडी दुबैलाई सफलता मिलेको टिप्पणी गरे । रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मेजर एनके राईले काल्र्सबर्ग गल्फ क्लासिक उदयमान गल्फरका लागि सहभागी हुने एउटा उत्कृष्ट मञ्च रहेको प्रमाणित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment