Comments Add Comment

कोपनहेगन म्याराथन पूरा गरे नेपाली दम्पतीले

Europe-Marathon

कोपनहेगन । बिगत ९ बर्ष देखि डेनमार्कमा बस्दै आएका एक नेपाली दम्पतीले आइतबार कोपनहेगन म्याराथन पूरा गरेका छन् ।

काठमाडौं कपन घर भएका दम्पती मनोज दाहाल र मेन्दो लामाले निर्धारित ४२.१५९ किलोमिटर दुरी पार गर्न सफल भएका हुन् । मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा नौ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।

सन् २०१२ र २०१३ मा म्याराथुनमा भाग लिएर यस अघि पनि मनोज सफल बनेका थिए । कोपनहेगन म्याराथुनमा भाग लिने पहिलो नेपाली उनीनै हुन् ।

मेन्दोले भने कोपनहेगनमै भएको हाफ म्याराथनमा ४ पटक र सन् २०१४ मा म्याराथन दौडमा सफल बनेकी थिइन् । कोपनहेगन म्याराथुनमा भाग लिने उनीनै पहिलो नेपाली महिला हुन् ।

Europe-Marathoon

‘नेपाल घुम्नका लागि सुरक्षित छ’ भन्दै पर्यटन प्रवर्धनका लागि संसारभरका नेपालीहरु जुटिरहेका बेला यी दम्पत्तिले पनि म्याराथन पूरा गर्दै नेपाली झण्डा फहराएका छन् । कोपन्हेगनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले, ‘रन फर नेपाल’ नारासहित टेलेनोर कोपनहेगन म्याराथनमा सहभागी बन्न दम्पतीलाई सहयोग तथा समन्वय गरेको थियो ।

उनीहरुलाई हौसला प्रदान गर्न नेपाली दूतावासका कार्यबहाक राजदूत रामकाजी खड्का, डेनमार्कका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोमनाथ सापकोटालगायत डेनमार्क स्थित नेपालीहरुको समापन स्थलमा बाक्लो उपस्थिति थियो । ९१ देशका ९ हजार ३ सय ८० जना सहभागी म्याराथनमा इथियोपियाका अस्चालिउ बिरु हुन्देले सबैभन्दा कम समय लगाएर २ घण्टा २० मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment