Comments Add Comment

नोवौं सगरमाथा दिवसमा ९ आरोहीलाई नगदसहित सम्मान गरिने

Mount-Everest

११ जेठ, काठमाडौं । नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन ९ जना आरोहीलाई नगद पुरस्कारसहित सम्मान गरिने भएको छ ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई अध्यक्ष रहेको अन्र्तराष्ट्रिय सगरमाथा दिवस मूल आयोजक समितिले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरेर जेठ १६ गते मनाइने नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन नौ जना नेपाली आरोहीलाई नगद रकमसहित सम्मान गर्ने जानकारी दिएको हो ।

ती आरोहीले आफ्नो ज्यान जोखिममा पारेर सगरमाथा आरोहणमा सहजता ल्याउन अप्ठ्यारा ठाउँमा डोरीको व्यवस्था गरेका कारण जनही ५० हजार रुपैयाँसहित सम्मानको निर्णय गरिएको सचिव राईले जानकारी दिए ।

नौ जना आरोहीलाई प्रदान गरिने नगद रकम नेपाल पर्वतारोहण संघले उपलब्ध गराउने छ । सगरमाथा आरोहणका क्रममा हिम पहिरोमा परेर १६ जना आरोहीको मृत्यु भएका कारण तथा गत वर्षको भुकम्पका कारण तीन वर्षदेखि सगरमाथाको आरोहण रोकिएकामा यसवर्ष ४ सय भन्दा बढिले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment