Comments Add Comment

एलआईसीले सेयरधनिलाई २५ प्रतिशत बोनस सेयर दिने

lic-agm
११ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १४औं वाषिर्क साधारण सभा काठमाडौंमा भएको छ ।  साधारणसभाले आर्थिक वर्ष. २०७१/०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको छ ।

कम्पनीको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ १.३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सर्वसाधारण सेयरधनीकोतर्फबाट सञ्चालक समितिमा कुमारकेशर विष्टलाई सभाले सर्वसम्मतिका साथ निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment