Comments Add Comment

बार्सिलोनामा जापनिज खाना “सुसी”तालिम सम्पन्न

barsilona_susiबार्सिलोना। नेपाली जनप्रगतिशील मञ्च स्पेनले  जापानिज खाना “सुसी” बनाउँने तालिम सम्पन्न गरेको छ। सुसीमा काम गर्न ईच्छुक नेपालीहरुलाई लक्षित गर्दै मञ्चले बार्सिलोनामा दुई महिना सम्म संचालन गरेको तालिम आईतबार सम्पन्न गरेको हो। तालिममा १२ जना नेपालीहरुले सहभागिता जनाएका थिए।

सुसी रेष्टुरेन्टमा लामो समय देखिको अनुभव बटुलेका मञ्चका उपाध्यक्ष कृष्ण हरी कंडेलले तालिम दिएका थिए। समापन समारोहमा बोल्दै कंडेल भने,”हातमा सिप भए पछि अबश्य पनि कामको अबसर मिल्ने छ,यहाँबाट सिकेको सिपलाई एउटा अबसरको रुपमा बदल्नु हुनेछ भन्ने आशा ब्यक्त गर्दछु। “

हरेक हप्ता २ दुई सम्म चलेको तालिममा सहभागी मध्येबाट यूवराज गुरुङ उत्कृष्ट प्रशिक्षार्थी घोषित भए। स्पेनमा सुसी बनाउँन दक्ष कामदारको माग बढिरहेका बेला यस्ता किसिमका तालिमले नेपाली समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने देखिएको छ।

मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै पुन अर्को चरण पनि तालिम सुरु गर्ने जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment