Comments Add Comment

एसटीसी ग्यास पाउनुभएन ? साल्ट ट्रेडिङमा फोन गर्नुस्

stc-gas

१७ जेठ, काठमाडौं । तपाईं एसटीसी ग्यासको उपभोक्ता हुनुहुन्छ ? र, ग्यास पाइरहनु भएको छैन भने तुरुन्त नजिकको डिलरमा सिलिन्डर बुझाउनुस् ।

साल्ट ट्रेडिङ लिमिटेड अन्तरगतको मेट्रो काठमाडौं ग्यास इन्डस्ट्रिजले आफ्ना उपभोक्तालाई तुरुन्त ग्यास दिने बताएको छ । कम्पनीले ग्यासको अभाव नरहेको भन्दै खाली सिलिन्डर तोकिएका डिपो वा साल्ट ट्रेडिङका विक्री केन्द्रबाट साट्न आग्रह गरेको छ ।

उपभोक्ताले घरमै ग्यास सिलिन्डर ‘होल्ड’ गर्न नहुने भन्दै ग्यास इन्डस्टि्रजका महाप्रवन्धक महेन्द्र भुसालले उपभोक्तालाई ‘ग्यास पाइँदैन’ भन्ने मानसिकता त्यागेर खाली सिलिन्डर लिएर एसटीसीका डिपोमा जान आग्रह गरे ।  ‘अझैपनि ठूलो मात्रामा सिलिन्डर उपभोक्ताकै घरमा छन्’ भुसालले भने-‘हामीले नाकाबन्दीका बेलामा पनि सहज रुपमा ग्यास उपलब्ध गराएका थियौं । आज पनि सहज रुपमा उपलब्ध गराउन सक्ने अवस्था छ । उपभोक्ताहरु हाम्रो ग्यास सहज रुपमा पाउनेमा विश्वस्त भए हुन्छ ।’

नाकाबन्दीका बेलामा उपभोक्ताले ग्यास नपाएपछि जसरीपनि नयाँ सिलिन्डर घर लैजानुपर्ने अवस्था थियो । अझैसम्म पनि कतिपय निजी कम्पनीहरुको ग्यासको अभाव बजारमा कायमै छ ।

तर, सरकारी स्वामित्वको एसटीसीले भने नाकाबन्दीका बेलमा पनि प्रभावकारी वितरण गर्दै प्रशंसा पाएको थियो । उपभोक्ताहरु अझै ग्यास सहजै पाइन्छ भन्न्नेमा विश्वस्त हुन सकेका छैनन् ।

त्यसैले घरमा थन्किएका धेरै सिलिन्डरलाई उपभोक्ताले डिपोसम्म पुर्‍याउन चाहेका छैनन् । ‘डिपोमा सिलिन्डर लिन नमाने वा ग्यास लिन लामो समिय कुर्नुपर्ने अवस्था रहेर उपभोक्ताले साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटी र जढिबुटी डिपोमा आएर साटेर लैजान सक्छन्’ महाप्रवन्धक भुसालले भने ।

यो सुविधाबारे जानकारी लिन र एसटीसी ग्यास नपाएको गुनासो गर्न ९८५११२५५४५, २८५२०२६१६३, ९८५११३४८५३ मा फोन सम्पर्क गर्न मेट्रो ग्यास इन्डस्टि्रजले आग्रह गरेको छ । यस्तै कार्यालयको फोन नम्बर ०१- ४९९३४९७मा फोन गर्न सकिनेछ । यसबाट तपाईंले ग्यास नपाएको समस्या समाधान हुनेछ ।

कम्पनीले नयाँ सिलिन्डर भने विक्री गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment