Comments Add Comment

बिहेपछि यस्ती भइन् रेजिना, ढाड सड्किएपछि फिल्म नै गुम्यो

Rejina upreti (10)
विवाहपछि गृहस्थी जीवन बिताउँदै आएकी नायिका रेजिना उप्रेतिले ढाड सड्केको कारण सम्झौता गरेर पनि एक नयाँ चलचित्रमा काम गर्न पाइनन् । ‘अघिल्लो दिन एग्रीमेन्ट गरेको थिएा, भोलीपल्ट ढाड सड्किएपछि काम नै गर्न पाइन ।’ अनलाइनखबरसँग कुरा गर्दै रेजिनाले भनिन् ।

ढाडको उपचार गर्न मात्रै उनलाई ६ हप्ता लागेको थियो । १५ दिन अस्पतालमा थेरापी गराएकी रेजिनाले १ महिना बेडेरेष्ट गर्नुपर्‍यो । ‘दुई तिन दिन भो हिड्न थालेको, डेढ महिना बिरामी जस्तै भएँ ।’ उनले भनिन् ।
Rejina upreti (1) Rejina upreti (4) Rejina upreti (5)हरि उदासीको चलचित्र छाडेपनि अन्य केहि चलचित्रवाट प्रस्ताब आइरहेको उनले बताइन् । कलाकार संघको उपाध्यक्ष समेत रहेकी रेजिना अब केहि दिन कलाकार संघको अवार्ड कार्यक्रममा केन्द्रित हुने योजनामा छिन् । ‘अवार्ड सकिएपछि मात्रै अरु काम गर्छु ।’ उनले भनिन् ।

पुनः अभिनयलाई निरन्तरता दिने सोचमा रहेकी रेजिना विषयबस्तुप्रति भने चुजी भएको उनी बताउँछिन् । Rejina upreti (6) Rejina upreti (7) Rejina upreti (9)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment