+
+
Shares

स्थानीयले नै थाले लोमान्थाङ दरबारको पुनर्निर्माण

रासस रासस
२०७३ असार १० गते ९:५७
फाइल तस्वीर ।
फाइल तस्वीर ।

१० असार, मुस्ताङ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण भएको लोमान्थाङ दरबारको पुनर्निर्माण सुरु भएको छ । लोमान्थाङका स्थानीयवासी र जर्मन नागरिकको व्यक्तिगत सहयोगमा लोमान्थाङ दरबारको उत्तरपट्टिको भाग मर्मत गर्न लागिएको हो ।

लामो समयदेखि सरकारी बजेटको आश गरेका लोमान्थाङवासीले जीर्ण भाग खसेर छेउका घर र गुम्बालाई क्षति पुर्याउने देखेपछि पुनःनिर्माण गर्न लागिएको हो । माटो र काठ प्रयोग गरेर जनश्रमदानबाटै स्थानीयवासीले दरबार पुनःनिर्माण गर्न लागेको स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिए ।

उनका अनुसार सरकारले दरबार पुनःनिर्माणका लागि सरकारले आश्वासन दिएपनि अहिलेसम्म बजेट प्राप्त भएको छैन । “बरु जर्मन साथीहरुले केही रकम सहयोग गर्नुभयो, त्यसबाट सामान किन्यौँ, बाँकी सबै श्रमदान हो”, उनले भने  । १५औँ शताब्दीमा विशेष प्रकारका माटोले निर्मित लोमान्थाङ दरबारको उत्तर र पश्चिमपट्टिको भागमा ठूलो चिरा छ ।

भूकम्पले ऐतिहासिक महत्व बोकेको दरबारलाई क्षति पुर्याएपछि पूर्वराजपरिवारका सदस्यहरु पनि चिन्तित छन् । विसं २०६२ सालदेखि निष्क्रिय रहेका पूर्वमुस्ताङ्गी राजा जिग्मे परवल विष्ट बिरामी भएर काठमाडौँमा उपचार गराइरहे पनि उनले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्ने गरेको लामो समय दरबारनजिक रहेर काम गरेका इन्द्रधारा विष्टको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?