Comments Add Comment

रमजानको अवसरमा युएईमा कार्यक्रम

uae (1)युएई । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा एनआरएन युएईले २४ जुन, शुक्रबारका सारजाहामा कार्यक्रमको अायोजना गरेको छ ।  एनआरएन क्षेत्रीय कमिटीको अग्रसरतामा एनआरएनको केन्द्रीय कमिटीका अधिकांश पदाधिकारीहरुको उपस्थितिमा सारजहाको इन्टरप्लास्ट कम्पनीमा इफ्तार कार्यक्रम गरिएको हो ।

एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ, नेेत्र थनेत लगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा उक्त कम्पनीमा रहेका करिब १ सय जना सर्वसाधारणलाई बिरियानी वितरण गरिएको एनआरएनका प्रवक्ता बालकृष्ण मरासिनीले बताए ।

uae (2)स्थानीय धर्म तथा परम्पराप्रति ऐक्यबद्धता जनाउन एनआरएनका पदाधिकारीहरुको व्यक्तिगत खर्चमा उक्त कार्यक्रम गरिएको एनआरएनका उपाध्यक्ष रमेश श्रेष्ठले बताएका छन् ।

एनआरएनका अध्यक्ष कार्कीका अनुसार मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमादान महिनाभरि नै युएईका विभिन्न राज्यहरुमा एनआरएन युएईले यसरी नै इफ्तार पार्टीको आयोजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment