Comments Add Comment

कांग्रेसको मागबारे सहमति खोज्न चार दलीय कार्यदल गठन

१३ असार, काठमाडौं । संसदको अवरोध हटाउनेबारे सहमति खोज्न प्रमुख चार दलले कार्यदल बनाएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद अवरुद्ध पारेपछि चार दलले कार्यदल नै बनाएर सहमति खोज्न लागेका हुन् ।

CA-BUILDINGभूकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्नेसहितका माग राख्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । सोमबारको बैठक पनि कांग्रेसले चल्न नदिएपछि प्रमुख दलका नेताहरुबीच वार्ता भएको थियो ।

बैठकले सहमति जुटाउने प्रयासमा चार दलको कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्ण सिटौला छन् ।

एमालेबाट भीम रावल र सुवास नेम्वाङ, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment