Comments Add Comment

इटलीले स्पेनलाई हराउँदा कोन्टे म्यान अफ दि म्याच !

Antonio-Conte-1

काठमाडौं । २०१२ को फाइनलमा ब्यहोरेको हारको मिठो बदला लिँदै इटलीले स्पेनलाई युरोकप २०१६ को प्रि क्वार्टरफाइनलबाटै घर पठायो ।

सोमबार राति भएको खेलमा इटलीले साविकको विजेता स्पेनलाई २-० ले हराएको थियो ।

खेलका क्रममा इटलीका प्रशिक्षक एन्टोनिओ कोन्टे चटलाइनमा निकै सक्रिय देखिए । खेलको अन्तिमतिर इटलीले दोस्रो गोल गरेपछि उनी यति उत्साहित भए कि बारमाथि चढेर समर्थकहरुसँग खुसी साट्न पुगे ।

Antonio-Conte

र, नर्वेको एक टीभीमा उनलाई नै म्यान अफ दि म्याच घोषित गरिएको छ । डेनिस टीभीका ५२ प्रतिशत समर्थकले खेलाडीलाई नभई प्रशिक्षक कोन्टेलाई म्यान अफ दि म्याचका रुपमा मत दिएका हुन् ।

इटलीले अब क्वार्टरफाइनलमा विश्व विजेता जर्मनीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment