Comments Add Comment

निर्मली अब निर्देशक, सेन्टिमेन्टमै नाच्न मज्जा

Niru-khadkaकाठमाडौं । हाँस्य टेलिश्रृङ्खला र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकी निरु खड्का निर्मली निर्देशक बनेकी छिन् । ‘अब निर्देशन पनि गर्छु तर, थोरै’ अनलाइनखबरसँग कुरा गर्दै निरुले भनिन् ।

तुलसी पराजुलीको स्वर रहेको ‘देउरालीको चौतारी’ उनले निर्देशन गरेको पछिल्लो भिडियो हो । अरु पनि दुईओटा भिडियो निर्देशन गरेकी छिन् । ‘निर्देशन कहिले काँही मात्रै हो अभिनयमै सक्रिय हुन्छु’ निरुको भनाई थियो ।

विभिन्न सिरियल र भिडियोमा देखिएकी निरुले प्रारम्भमा सेन्टिमेन्ट गीतमा मोडलिङ गर्थिन् । तर, अहिले कमेडीमै केन्दि्रत हुन थालेकी छिन् । उनी भन्छिन् ‘धेरैले मलाई कमेडी गीतकै लागि अफर गर्नु हुन्छ’ ।

निरुलाई भने सेन्टिमेन्ट गीतमै काम गर्दा मज्जा आउछ । उनको भनाई अनुसार सेन्टिमेन्ट गीतमा गीतको बोल र संगीतको ताल अनुसार नाँचे पुग्छ । तर, कमेडीमा त्यतिले मात्रै हुँदैन । सेन्स अफ ह्युमरको पनि उत्तिकै आवश्यकता हुन्छ ।

कमल गाउँले, शेर बहादुर गुरुङ, विष्णु सापकोटा (हर्के हवल्दार) सँग सबै भन्दा धेरै भिडियोमा अभिनय गरेकी छिन् । तिनै जना फरासिला छन् काममा त्यस्तो कुनै समस्या छैन ।

कमल गाउँले र विष्णु सापकोटासंग केमेस्ट्री मिले जस्तो लाग्छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment