Comments Add Comment

सिड्नीमा पहिलोपटक मुक्तक महोत्सव 

राजन घिमिरे

Pacific-Academy
सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (एनएसडब्ल्यु) अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक “मुक्तक महोत्सव २०१६” भएको छ । कार्यक्रममा दुई दर्जन भन्दा बढि साहित्यकारले आफ्ना मुक्तकहरु प्रस्तुत गरेका थिए।कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको चौथो नयाँ कार्य समितीको समेत घोषणा भयो। कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु साहित्यकारहरु र विभिन्न संघ सस्थाबाट आएका व्यक्तिहरुको बाक्लो उपस्थित थियो ।

कार्यक्रममा एन आर एन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वनले कार्यसमितिका नयाँ पदाधिकारीहरुलाई खादा लगाई आगामी कार्यकालको लागि शुभकामना दिएकी थिईन्। नयाँ कार्य समितीमा सानु घिमिरे अध्यक्ष, बिकास उप्रेती उपाध्यक्ष, महेश्वर शर्मा महासचिव, दीपक निरौला सचिब,  ममता गिरी कोषाध्यक्ष र सदस्यहरूमा सिद्दी बिनायक अधिकारी र तृप्ति पान्डे निर्बाचित भएका छन् ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष  सानु घिमिरेले आगामी कार्यकाल अत्यन्त सृजनसिल र प्रभावकारी ढङ्गबाट अगाडि बढाउने प्रतिबद्दता व्यक्त गरिन्।

अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले नवगठित टिमलाई बधाइ दिएका थिए । साथै अनेसास केन्द्रबाट सदैब सहयोग रहने बताए। निवर्तमान अनेसास एन एस डब्ल्यु अध्यक्ष महेन्द्र पौडेलको सभापतिमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment