Comments Add Comment

बिपत्तीको मिलेर सामना गरौंः नयाँ शक्ति

Naya-Shakti-Nepal१२ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीले अविरल बर्षापछिको बाढी र पहिरोका कारण प्रभावित भएका जनताको उद्धार तथा राहतमा सरकारी सक्रियताको माग गरेको छ ।

नयाँ शक्ति नेपालले बिज्ञप्ति जारी गर्दै प्रकृतिक विपत्तीको यस समयमा आम जनतालाई आपसी एकता कायम गरी बिपत्तीको मिलेर सामना गर्न अनुरोध गरिएको छ ।

साथै जनताको पीडाको सम्बोधन गर्न राज्यका निकायहरु संवेदनशील भएर लागि पर्न नयाँ शक्तिले आग्रह गरेको छ ।

बिज्ञप्तिमा नयाँ शक्तिका अभियान्ता समर्थक र शुभचिन्तकलाई पनि बाढी पहिरोमा फसेकाहरुका लागि राहत र उद्धारमा सक्रिय हुन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment