Comments Add Comment

बक्राहा खोलाको बाँध बाँध्न आफैँ जुटे स्थानीय

dam_nepal१६ साउन, मोरङ । हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् ।

एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको थियो । स्थानीयवासी अगुवा नारायण बस्नेतका अनुसार सरकारी निकायलाई बाँध निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँले मिलेर तटबन्ध निर्माण सुरु गरेका हुन् ।

स्थानीय घलेश्वर राईका अनुसार सो गाउँका सबै सर्वसाधारणले आ–आफैँ रकम उठाएर बक्राहाको बाँध निर्माणका लाग्ने सामग्री खरिद गरेका हुन् । राईका अनुसार वर्षा भएपछि खोलामा बाढी आएर गाउँ पस्ने डरले राजघाट–३ का स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् ।

सो बक्राहा खोलामा आएको बाढी राजघाट–३ हुँदै गाउँ पस्दा गोविन्दपुर, राजघाट, सिजुवा, सौठा, दुर्गापरीलगायतका एक दर्जन गाविसका एक लाख जनता विस्थापित हुने स्थानीयवासी अगुवा नारायण बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment