Comments Add Comment

अर्घाखाँचीमा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

२० साउन, सन्धिखर्क । अर्घाखाँचीको सिद्धारा गाविस ७ छहरेमा भरुवा बन्दुकको छर्रा लागेर बुधवार राती एकजनाको ज्यान गएको छ ।

सोही ठाउँकै सागर पुनले हानेको बन्दुकको छर्रा लागेर रुकबहादुर रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनालगत्तै खटिएको १५ जनाको प्रहरी टोलीले बन्दुक चलाउने पुनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

– नविन केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment