Comments Add Comment

आज रेखाको जन्मदिन, हेर्नुहोस् उनका केही पुराना तस्बिर

rekha thapa littel photo
नेपाली चलचित्र क्षेत्रकी स्टार नायिका रेखा थापा आज आफ्नो जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन् ।

यसपछि, उनले पछाडि फर्केर हेर्नु परेको छैन । निरन्तर सफल चलचित्र दिदै दर्शकमाझ छाप छोड्न सफल नायिका थापाले आफ्नो उमेर भने खुलाउन चाहिनन् । भनिन्-‘अब म ठूली भएँ, उमेरको गिन्ती अब छोडेँ।’

नेपालमा नायिका निरुता सिंह, विपना थापा लगायतका नायिकाहरुले सारी, चोलोमा दबदबा कायम गरिरहेको समयमा रेखा चलचित्रमा आएकी थिइन् । यसपछि, उनको दबदबा चलचित्रमा सुरु भएको थियो जुन आज पनि कायमै छ । कुनै बेला रेखा छोटो पहिरन लगाएका कारण सर्वाधिक चर्चामा थिइन् । rekha thapa durlab photo
निर्माता छविराज ओझासँग करिब १० बर्ष बैबाहिक जीवन बिताएपछि रेखा अहिले एक्लै बस्न थालेकी छिन् । छवि र रेखाको अदालती प्रक्रिया अनुसार डिभोर्स पनि भैसकेको छ ।

रेखाले अभिनय गरेका ‘हिरो, अजम्बरी नाता, देवर बाबु, किस्मत, हिम्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन, अन्दाज, काली, रामप्यारी, हिम्मतवाली’ लगायतका चलचित्र बक्स अफिसमा सर्वाधिक सफल पनि छन् ।

यदि, नेपालमा कुनै नायिकाको स्टार पावर छ भने त्यो रेखा थापाको मात्रै छ । रेखाको करिअर चलचित्रमा मात्र सिमित छैन । विशेषगरि, उनी राजनीतिमा पनि चर्चित छिन् । हालका प्रधानमन्त्री प्रचण्डसँग केही बर्ष अगाडि सिंहदरबार अगाडि नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चित भइन् । रेखा माओवादी पार्टीमा पनि प्रवेश गरिन् । एकिकृत नेकपा माओवादीले उनलाई दोश्रो संविधान सभाको चुनावमा टिकट पनि दिएको थियो, तर भोटिङ लिस्टमा नाम नभएकाले रेखा उम्मेदवार बन्न पाइनन् ।
rekha thapa purano photo
‘रेखा थापा फाउन्डेशन’बाट रेखा समाजसेवामा पनि सक्रिय छिन् । नेपाली चलचित्र क्षेत्रमा शक्तिशाली चलचित्रकर्मीको सूचीमा रेखा अग्रपंक्तिमा आउँछिन् । नेपाली चलचित्रमा रेखा र स्क्यान्डल एकसाथ अगाडि बढ्छन् पनि भनिन्छ । जन्मदिनको अवसरमा रेखाका केही बचपनाका तस्बिर हामीले प्राप्त गरेका छौ । रेखालाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना । rekha photo purano

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment