Comments Add Comment

महुली लघुवित्तको सवा करोडको आइपीओ छिट्टै

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट नियुक्त

Mahuli-fonance

११ असोज, काठमाडौं । सप्तरीमा मूख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सेयर निष्काशनसम्बन्धी मंगलबार भएको सम्झौतामा महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरी र एनसिएमका प्रबन्ध सञ्चालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गर । निकट भविष्यमै सेयर निष्काशन गर्नेगरी सम्झौता गरिएको हो ।

२०७० जेठ ३० गतेदेखि कारोबार सुरु गरेको यो लघुवित्तले सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत ५४ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ

संस्थाले ९६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने सदस्यहरुबाट ४९ करोड ४१ रुपैयाँ बचत संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment