Comments Add Comment

प्रवासको साहित्य र पत्रकारिता बिषयमा अन्तरक्रिया सम्पन्न

sydnee_programसिड्नी । प्रवासमा साहित्य सृजना र पत्रकारिताका बिषयमा यही सेप्टेम्बर २५ आइतबार सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियाबाट प्रकाशन हुँदैं आएको पाक्षिक पत्रिका नेपालीपत्र र साहित्यिक अनलाइन साताको साहित्यको संयुक्त आयोजनामा यो अन्तरक्रिया कोग्रा स्कुल अफ आर्टमा आइतबार मध्यान्ह १२ देखि अपरान्ह ३ बजेसम्म चलेको थियो ।

कार्यक्रमको मुख्य वक्ताको रुपमा उपन्यासकार यवं युवा साहित्यका बुद्धिसागर र पत्रकार उमेश श्रेष्ठ सहभागी भएका थिए ।

कार्यक्रममा साहित्यकार बुद्धिसागरले साहित्य सृजनाक क्रममा आफुले भोगेका अनुभवको साथै हलमा उपस्थित दर्शकले उपन्यास कर्णाली ब्लुज र फिरफिरेमाथि राखेका जिज्ञासको जवाफ दिएका थिए ।

उनले रचना गर्भ, पात्र छनौट, आख्यानको विषय जस्ता विभिन्न प्रसंगहरूमा आफ्ना भनाईहरु रादेका थिए । अस्ट्रेलियामा सक्रिय साहित्यकार निस्प्रभ सजीले सहजिकरण गरेका अन्तरक्रियामा सहित्यकार बुद्धिसागरले कविता वाचन पनि गरेका थिए ।

यसैगरी कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको इतिहासका विषयमा पत्रकार उमेश श्रेष्ठले प्रस्तुति दिएका थिए । उक्त अवसरमा पत्रकार श्रेष्ठले फेसबुक, युट्युव र टि्वटर भन्दा अघि शुरु भएको माई सन्सरको उदहरण दिदै नेपालमा पत्रकारिता क्षेत्रको चुनौतिका बारेमा भनाइहरु राखेका थिए ।

डायलअप इन्टर्नेटमा रात भर खटेर निष्पक्ष र पत्रकारितामा नयाँ प्रयोगको थालनी गरेका श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा अमित श्रेष्ठले नेपालमा गएको बिनासकारी भूकम्पको सेरोफेरोमा लेखेको पुस्तक  द फल्टको पनि विमोचन गरिएको थियो ।

नेपाली समुदायका अग्रज ब्यक्तित्वहरु पदम शाक्य, हर्ष गौतम, सहित्यकार बुद्धिसाग र पत्रकार उमेश श्रेष्ठले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका थिए ।

अमेरिकाको बालबोआ पब्लिकेसनले प्रकासन गरेको द फल्ट उपन्यास विश्वका प्रचलित सबै अनलाइन आउटलेटहरुमा उपलब्धि रहेको कार्यक्रममा जानकारी दिईएको थियो । कार्यक्रममा सिड्नीमा उपस्थित साहित्य र पत्रकारितामा रुचिराख्नेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment