Comments Add Comment

६ कक्षामै शिक्षिकासँग अक्षयको प्रेम

akshya kumar with dimpale
नायक अक्षय कुमारले ६ कक्षामा पढ्दै गर्दा पहिलो प्रेमको अनुभव लिएका थिए । ६ कक्षा पढ्दै गर्दा उनी मराठी भाषा पठाउने शिक्षिकाप्रति मोहित भएका थिए ।
विद्यार्थी र शिक्षकको सम्बन्धमा आधारित मराठी चलचित्र ‘कौल मनाचा’ को म्युजिक लञ्चको अवसरमा अक्षयले आफ्नो अनुभव शेयर गरे ।

‘म जतिवेला ६ कक्षामा पढ्थें । मराठी पठाउने शिक्षिका मलाई सार्‍है राम्री लाग्थ्यो ।’ अक्षयको भनाई अनुसार उनका साथीहरुलाई पनि उनको प्रेम यात्रावारे जानकारी थियो । उनी भन्छन्-‘जब मैले आइ लभ यू भन्दै बिबाहको कुरा गरेँ, मलाई दुई दिनका लागि स्कुलवाट निकालियो ।’

अक्षयले आफ्नी सासु आमा डिम्पल कपाडियाको अगाडि यो कुरा भनिरहेका थिए । डिम्पलले अक्षयको कुरा सुनेपछि उनको कपाल तानिन् । अक्षयले भने सासु आमाको मुख बन्द गरिदिए ।

मराठी चलचित्रलाई हिन्दी चलचित्र भन्दा पनि ठूलो उद्योगका रुपमा बुझेका छन् अक्षयले । उनको भनाई अनुसार मराठी चलचित्र सानो बजेटमा बन्छ तर, राम्रो आम्दानी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment