Comments Add Comment

एक महिनाकै अन्तरमा दयाहाङ हिट र फ्लप

dayahang rai
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘झुम्की’ पूर्ण रुपमा असफल बन्यो । यो चलचित्रको व्यापारले निर्माताको लगानीको सामान्य रकम पनि फिर्ता आउँदैन । धेरैलाई विश्वास थियो यो चलचित्र चल्छ । कारण, यसमा दयाहाङ राई, रीश्मा गुरुङ जस्ता कलाकार थिए । यी कलाकारको ‘कबड्डी र कबड्डी कबड्डी’ सर्वाधिक हिट थियो । तर, दयाहाङलाई हेर्न दर्शक हलसम्म आएनन् ।

त्यसको एक महिना अगाडि रिलिजमा आएको दयाहाङ राई अभिनित चलचित्र ‘वीर विक्रम’ले भने फेरि मल्टिप्लेक्समा सुखद व्यापार गर्‍यो । तेश्रो सातासम्म चलचित्रलाई मल्टिप्लेक्सबाट कसैले हल्लाउन सकेन । दयाहाङकै मुख्य भूमिका रहेको चलचित्र ‘राहादानी’ गतबर्ष औषत चल्यो ।

अब, यतिबेला चलचित्र क्षेत्रमा एउटा चर्चा सुरु भएको छ । त्यो के भन्दा, दयाहाङ चले या कथावस्तु । निश्चल बस्नेत, रामबाबु गुरुङ जस्ता निर्देशकले बनाएको चलचित्रमा दयाहाङ राई सधै नै मुख्य भूमिकामा हुन्छन् । ती चलचित्र हिट पनि भएका छन् । ‘वीर विक्रम’लाई छाड्ने हो भने यी निर्देशक बाहेकका निर्देशकले बनाएका दयाका चलचित्र हेर्न भने दर्शक पहिलो दिन पनि खासै हलमा देखिदैनन् ।

दयाहाङको हातमा यतिबेला फिल्म नै फिल्म छन् । यतिसम्म कि, दयाले धेरै चलचित्रलाई त सेड्यूल नै बनाएर डेट दिइरहेका छन् । तर, भदौमा एउटा चलचित्र हिट हुँदा असोजमा उनको अर्को चलचित्र असफल भएको छ । कतै दयाले धेरै चलचित्र खेल्नु उनकै लागि त हानिकारक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment