Comments Add Comment

नेपालमा विदेशी जहाज मर्मत

Hangar-buddha-air१४ असोज, काठमाडौं । आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको हो ।

बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिएको आजको अन्नपूर्णमा ममाचार छ ।

उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ ।

उनले ढाकाबाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउन इच्छा देखाएका छन् ।
यसअघि भुटानको ट्रुक एयरलाई मर्मत गरेर पठाइएको खरेलले जानकारी दिए । बुद्धले लामोसमयदेखि सुविधासम्मपन्न हृयाङ्गर सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment