Comments Add Comment

लोकवार्ता परिषद् नेपालको छैटौं राष्ट्रिय सम्मेलन सुरु

lok-barta-parisad

४ कात्तिक, ताप्लेजुङ । लोक वार्ता परिषद नेपालको छैटौँ राष्ट्रिय सम्मेलन आजबाट ताप्लेजुङमा सुरु भएको छ ।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका करीव ५० जना प्राध्यापकहरुको उपस्थिति रहेको छ । सम्मेलनले लोक संस्कृति, बाजा, संस्कार, ज्ञान र सीपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै घोषणा पत्र सार्वजनिक गर्ने आयोजक समितिका अध्यक्ष डिल्लिरमण बरालले जानकारी दिए ।

कार्यक्रममा सहभागी प्राध्यापकहरुले नेपाल सरकारको राष्ट्रिय संस्कृति नितिका अबधारणा एवम् उद्देश्य, अहिलेको आवस्यकता, चाल्नु पर्ने कदम लागायतका विषयमा आ-आफ्ना विचार राख्नेछन् ।

सम्मेलनमा सहभागीको विचारलाई समेटेर लोकवार्ता नामक पुस्तक प्रकासन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment