Comments Add Comment

‘पिजडा ब्याक एगेन’ बन्ने, निखिलसँग तेश्रो पटक स्क्रिन शेयर गर्दै अशिष्मा

nikhil-ashisma
नायक निखिल उप्रेती ७ तलाबाट हाम फाल्दै चलचित्र क्षेत्रमा प्रवेश गरे । उनी ७ तलाबाट हाम फालेको चलचित्रको थियो ‘पिजडा’ । यही चलचित्रले उनलाई एक्सन नायकको उपाधी दिएको थियो ।

निखिल अहिले पनि एक्सनको नायकको रुपमै जमिरहेका छन् । उनै निखिलले अभिनय गरेको पहिलो चलचित्र ‘पिजडा’को नाममा नयाँ चलचित्र बन्ने भएको छ । ‘पिजडा ब्याक एगेन’ नाम दिएर द्धन्द्ध निर्देशक हिमाल केसीले चलचित्र निर्देशन गर्ने भएका छन् । अहिले यो चलचित्रको लोकेशन हेर्ने काम भैरहेको केसीले बताए ।

चलचित्रमा नायक निखिल उप्रेती र नायिका अशिष्मा नकर्मी फाइनल भैसकेका छन् । तर, लिड हिरोइनको खोजी भैरहेको र केही चलेका नायिकासँग कुरा भएको हिमालले जानकारी दिए । माघको अन्तिमबाट छायांकनमा जाने यो चलचित्र एक्सनका साथै पारिवारिक कथामा तयार हुनेछ ।

चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । राजनराज सिवाकोटी, अर्जुन पोखरेल, बसन्त सापकोटा र महेश खड्का चलचित्रका संगीतकार हुन् ।

आफ्नो चलचित्रको कथाले ‘पिजडा’ नाम नै खोजेको भन्दै सोही नाम राखेको हिमालले जानकारी दिए । नायक निखिल उप्रेतीको यो बर्ष अहिलेसम्म कुनै चलचित्र रिलिज भएको छैन । तर, उनी ब्याक टू ब्याक चलचित्रमा अभिनय गरिरहेका छन् । अशिष्मा र निखिलले यस अगाडि चलचित्र ‘संरक्षण र राधे’मा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment