Comments Add Comment

मंसिर १ देखि जनता बैंकको ५० प्रतिशत हकप्रद सेयर

Janata-banka
११ कात्तिक, काठमाडौं । जनता बैंकको ५० प्रतिशत अर्थात् २ बराबर १ अनुपातको हकप्रद सेयर आगामी मंसिर १ गतेदेखि बिक्री खुल्ला हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ करोड ३ लाख कित्ता हकप्रद शेयरका लागि सेयरधनीले पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कात्तिक १० गतेसम्म कायम रहेका शेयरधनीले मात्र सो हकप्रद सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।हकप्रद शेयर आवेदन जनता बैंकको विभिन्न कार्यालयसहित एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडबाट शेयरमा आवेदन दिन सकिने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । हकप्रद सेयर जारी गरिसकेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment