Comments Add Comment

आप्रवासी अधिकारको माग गर्दै पोर्चुगलको संसद भवन अगाडि प्रदर्शन

portugal-parliament-house

पोर्चुगल । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले बिहीबार पोर्चुगलको संसद भवन अगाडि प्रर्दशन गरेका छन् ।

बर्तमान पोर्चुगिज सरकारले बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमनसम्बन्धी सहजताको माग गर्दै संसद भवन अगाडि प्रर्दशन गरेका हुन् ।

सयौंको संङ्ख्यामा सहभागी भएका बिभिन्न देशका आप्रवासीहरुले प्ले कार्ड र ब्यानरसहित संसद भवन अगाडी आप्रवासी अधिकारको माग गर्दै नाराबाजीसमेत गरे ।

आप्रवासी सम्बन्धी लागू गरिएका कानुनहरु पूर्ण रुपमा प्ाालना हुनुपनर्ेे, झण्झटीलो कागजी प्रकृयामा सहज व्यवस्था लागू गर्नुपर्ने तथा आप्रवासीहरुलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने उनीहरुको मूख्य माग छ ।

प्रर्दशनमा ब्राजिली, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २० बढी मूलुकका आप्रवासीहरुको सहभागिता थियो ।

यहाँको बिपक्षी दल लेफ्ट ब्लकले बिहीबार आप्रवासीहरुको सहजताका लागि संसदमा अध्यागमन सम्बन्धी कानुन संसोधन प्रस्ताव पेश गरेको र सत्तारुढ दल सोसलिस्ट पार्टीले समेत सकारात्मक रुपमा लिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम के.सीले राससलाई जानकारी दिए ।

प्रर्दशनले अध्यागमनको कडाईप्रति खबरदारी गरेका कारण आप्रवासी सम्बन्धी कानुनमा सहज हुने अपेक्षा गरिएको केसीले बताए । बिपक्षी दल लेफ्ट ब्लकले यस अघि देखि नै आप्रवासीहरुको हक अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ ।

पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहाँको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिइँदै आएको आवास अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ ।

पोर्चुगलमा २० हजार बढी नेपालीहरु रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment