Comments Add Comment

आइफोन जस्तै देखिने पेस्तोल

pestol-like-iphone

आइफोन जस्तै देखिने एक पेस्तोलका कारण युरोपका प्रहरी यतिवेला तनावमा छन् ।

एमाचार एजेन्सी पीटीआईका अनुसार प्रहरी अधिकारीहरुलाई लागेको छ कि अमेरिकाबाट यस्तो पेस्तोल सार्वजनिक भएलगत्तै युरोपमा तस्करी हुने प्रयास हुनेछ ।

पेस्तोलको आकार ९ मिलिमिटरको छ । यसलाई सजिलै लुकाउन सकिन्छ । आइफोनजस्तै देखिने यो बन्दुक एक बटन दवाउने बित्तिकै हतियार बन्छ ।

डायभिङ स्टान्डर्ड नामक अखवारले लेखेको छ कि यस कुराको डर छ कि पेस्तोल अमेरिकाबाट सार्वजनिक भएलगत्तै आपराधिक समूहले यसलाई युरोप छिराउने प्रयास गर्नेछन् ।

पेस्तोलको मूल्य करिव ५३ हजार नेपाली रुपैयाँ अर्थात आइफोनको मूल्यभन्दा थोरै पर्नेछ ।

समाचारका अनुसार मुलुकमा पहिलेदेखि भइरहेको आतंकबादी हमलाका कारण बेल्जियम पुलिसलाई यसबारेमा सजग रहन आदेश जारी भइसकेको छ ।

बेल्जियम पुलिसले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि यसलाई आइफोनभन्दा भिन्न देख्न गाह्रो हुनेछ ।

पेस्तोल बनाउने कम्पनीका भनेको छ, ‘स्मार्टफोन जताजातै उपलब्ध छ, यसैले तपाईंको पेस्तोल पनि यस्तै देखिनेछ, जव यो लक हुन्छ त यसलाई खुलाउन मुस्किल पर्नेछ ।’

आगामी सातादेखि अमेरिकाबाट पेस्तोलको बिक्री सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment