Comments Add Comment

‘कालो हरिण’ शिकारको केसबाट मुक्त भए सलमान

salman-khan
बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले लामो समयदेखि चलिरहेको एक मुद्दाबाट मुक्त गरेको छ । विगत १८ बर्षदेखि सलमान यो मुद्दा लडिरहेका थिए । चलचित्र ‘हम साथ साथ हे’को छायांकनका क्रममा सलमान सहित अन्य ४ जना कलाकारले जोधपुरमा कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । १८ बर्षपछि फैसला सुनाउँदै जोधपुर अदालतले सलमानलाई केसबाट मुक्त गरेको हो ।

सलमान आफ्नी बहिनी अलविराको साथमा अदालत पुगेका थिए । सलमान अदालत पुगेको केहि मिनेटमै अदालतले फैसला सुनाएको थियो । फैसला सार्वजनिक भएपछि सलमानले फेसबुक र ट्विटरमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् ।

यदि, मुद्दामा सलमान दोषी देखिएको भए उनलाई २ देखि ७ बर्षसम्मको जेल सजायँ हुने थियो । यो केसमा सलमानले ५ दिन जेलमा पनि बिताइसकेका थिए । केहि महिना अगाडि सलमानलाई ‘हिट एन्ड रन केस’बाट पनि अदालतले मुक्ति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment