Comments Add Comment

एइबरमाथि बार्सिलोनाको जित, एमएसएनले गरे गोल

barsilona१० माघ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले एइबरलाई पराजित गरेको छ । र, लिग लिडर रियल मडि्रडमाथि दबाव कायमै राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरमाथि ४-० को जित हात पारेको हो ।

इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ड्यानिअल स्वरेजको गोलबाट अग्रता लिएको थियो । सर्जिओ बुस्केट घाइते भएपछि उनी १० औं मिनेटमा नै मैदान प्रवेश गरेका थिए ।

बाँकी तीन गोल भने दोस्रो हाफमा एमएसएनबाट सम्भव भयो । ५० औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । खेलको अन्त्यतिर नेयमारले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाको १९ खेलबाट ४१ अंक भएको छ । लिग लिडर रियल मडि्रडको ४३ अंक छ एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहको सेभिल्लाको १९ खेलबाट ४२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment