Comments Add Comment

स्कुल हस्तान्तरण गर्न पुगेका हमालको तनहुँमा भव्य स्वागत

rajesh-hamal-in-tanahu

चलचित्रमा व्यस्त हुन छाडेपछि नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले विभिन्न महोत्सव, उद्घाटन, विदेशका कार्यक्रममा पुग्ने गरेका छन् । उनै, हमाल सोमबार तनहुँ जिल्ला पुगेका छन् ।

राधा माध्यमिक विद्यालय जामुने, तनहुँको ३६ औ बाषिर्कोत्सव तथा अभिभावक दिवसमा पुगेका नायक हमाललाई भव्य स्वागत गरिएको छ । उनलाई स्थानियबासिले अविर र मालाले भव्य स्वागत गरे ।

घाँसी आदर्श समाज नेपालले राधा माविको नव-निर्मित चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरणका लागि हमाललाई विशिष्ट अतिथीको रुपमा तनहुँ लगेको हो । उनले कार्यक्रमको उद्घाटन गर्दै नव-निर्मित भवन पनि हस्तान्तरण गरेका छन् ।rajesh-hamal

नायक राजेश हमाल चलचित्रमा देखिन छाडेपनि उनको पर्दा बाहिर क्रेज भने कम भएको छैन । उनी आउने भनिएपछि वरिपरीका वासिन्दा स्कुल परिसरमा भेला भएका थिए । हमालले कार्यक्रममा आफ्ना चर्चित चलचित्रका संवाद पनि बोले ।

उनी बोल्दा उपस्थित स्थानिय बासिन्दाले हुटिङ गर्दै ताली बजाए । घाँसी नेपालले नायक हमाललाई मानार्थ सदस्यता पनि प्रदान गरिसकेको छ । उनी घाँसी नेपालका अभियान्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment