मंगलबार, १३ असार, २०७४
OnlineKhabar.com

अमेरिका, ग्रिनकार्ड र कागजी श्रीमती !

लहैलहैमा ग्रिनकार्ड पाउने लोभमा यसरी फसियो

नवीन रायमाझी

यो मेरो व्यक्तिगत कथा होइन, नाम खुलाउन नचाहने एउटा पीडित नेपालीको हो ।

बत्तीस बर्षको उमेरमा करिब २२ बर्ष अगाडि पर्यटक भिसामा अमेरिका छिरेको म छ महिनापछि भिसाको म्याद सक्किनासाथ गैरकानुनी आप्रबासी हुन् पुगें। प्रचलित नियम कानुनको बर्खिलाप नगरेसम्म पक्राउ गरेर देस निकाला नगर्ने भएकाले यो देशमा म र मजस्तै लाखौं गैरकानुनी आप्रबासीहरु तीसौं बर्षदेखि पनि काम गरेर बस्दै आइरहेका छन् ।

लाटो खान्छ तीन बल्ड्याङ्ग, बाठो खान्छ १० बल्ड्याङ्ग भनेकोजस्तो अरुको लहैलहैमा सजिलै ग्रिनकार्ड पाउने लोभमा मैले झन्डै २० बर्ष जेठी महिलासँग कागजी बिबाह गर्न पुगे । याँहा धेरै महिलाहरुको मासिक रुपमा पैसा लिएर कागजी बिबाह गर्ने र छोड्ने ब्यापार नै छ।

पहिले हरेक महिना पाँच सय डलर तिर्ने र अलग अलग बस्ने, दुइ बर्ष पछि मेरो ग्रिनकार्ड हुनासाथ पारपाचुके गरेर आफ्नो आफ्नो बाटो लाग्ने सम्झौताअनुसार करिब ९ महिना मासिकरुपमा पैसा तिरेर मैले उसलाई कागजी श्रीमती बनाएको   थिएँ। तर, दसौ महिना पैसा लिन मेरो डेरामा आएको समयमा अचानक ठूलो पानी पर्यो र राति अबेरसम्म उ मेरो अपार्टमेन्टमा नै रुक्न बाध्य भइ । त्यो दिन मेरो जीबनमा औंशीको रात नै लिएर आएको रहेछ मैले उसंग शारीरिक सम्पर्क राख्न पुगें। त्यसपछि हरेक हप्ता हाम्रो वीचमा शारीरिक सम्पर्क हुन थाल्यो। केही समयपछि हामीले “लिभिङ्ग टुगेदर” को रुपमा संगै बस्ने विचार गरेर संगै बस्न थाल्यौ ।

संगै बसेपनि दुइ बर्षपछि पारपाचुके गर्ने हाम्रो सम्झौता कायम नै थियो। त्यो दिन त्यस्तो शारीरिक सम्पर्क राख्ने र संगै बस्ने कुविचार मेरो मनमा कुन दशा लागेर आयो होला भनेर म आफैंलाई हरेक पल र हरेक दिन धिक्कार्छु, तर धिक्कारेर के गर्नु  ? अब मैले गर्न सक्ने केही छैन, म नराम्ररी खाडलमा फसिसकेको छु।

आफूले राम्ररी नबुझी गलत निर्णय लिँदा र बुझेका हरुले भनेको नसुन्दा आज म न तल जान सक्ने न त माथि जान सक्ने । अर्थात् धोबीको कुकुर न घरको न घाटको भनेको जस्तो भएको छु । अर्थात् मसंग आज न त ग्रिनकार्ड छ, न त मनमा शान्ति। नेपालमा म फर्किने आशामा पर्खेर बसेका बाबु, आम़ा, श्रीमती र छोरीलाइ नै पट्यार लागिसकेको हुनुपर्छ। छोरीको त बिबाह भएर पनि म हजुरबुवा भइसकें । तर, नातिनीको मुख देख्न पाएको छैन।

महिला अधिकार चरम बिन्दुमा रहेको यो देसमा मलाई यो श्रीमती भालुको कम्पट भएको छ । न त म उसलाई सजिलै छोड्न सक्छु, न मिलेर शान्तिका साथ बस्न नै सक्छु। किनकी दुबैजना पारपाचुकेका लागि तयार नभएसम्म कुनै एकले छोड्न सक्दैन, केही हदसम्म महिलाले चाहेर हुन्छ, तर पुरुषले मात्र चाहेर कुनै हालतमा हुन सक्दैन। उ मलाई छोड्न तयार छैन किनकि मजस्तो एक पैसा तिर्न नपर्ने नोकर यो संसारमा कतै पाइँदैन।

उसले मेरो ग्रिनकार्ड बनाउन केही सहयोग गर्न सक्ने अवस्था छैन किनकि उ गरिब जनतालार्इ सरकारी तबरबाट प्रदान गरिने खाद्ध्य भत्ता (फुड स्ट्याम्प) लिएर बसेकी नागरिक हुन्, त्यस्तो नागरिकले  कुनै बिदेशी नागरिकसंग बिबाह गरेर ग्रिनकार्डका लागि आबेदन दियो भने आफैं सरकारी सहयोगमा बाँच्नेले तैंले बिदेशी नागरिकलाई कसरी पाल्छस् भनेर सरकारले प्रश्न गर्छ । किनकि दुइ बर्षसम्म त्यो बिदेशी नागरिकले नियमअनुसार काम गर्न पाउँदैन, गैरकानुनी रुपले काम गर्नु अर्कै कुरा हो।

अब मैले यो जुनीमा उसबाट छुटकारा पाउन कि त उसको मृत्यु हुनुपर्छ कि त उसको मनमा दया पलाएर मलाई मुक्त गरिदिनुपर्छ। उसको मनमा दया पलाउने त कुनै सम्भावना नै छैन । किनकि मजस्तो निशुल्क रुपमा सबै काम गर्ने नोकर उसले यो देशमा पाउने कुरै छैन। अब मृत्यु भनेको उ भन्दा अगाडि मेरो पनि हुन् सक्छ, त्यो कसले जानेको छ र?

यो देशमा म जस्तै जानीजानी बढी बाठो भएर वा पूर्ण जानकारी नभएर ग्रिनकार्डको लोभमा फसेका कति व्यक्ति होलान् ? हामीजस्तै तेश्रो बिश्वबाट आएका व्यक्तिलाई पढेलेखेका र धनि व्यक्तिहरुले वास्तै गर्दैनन्, बिबाह गर्ने त् धेरै टाढाको कुरा भयो, कतै अपवाद हुनसक्ला, त्यो भिन्दै कुरा भयो। हामी गोरो छाला भएको विदेशीले बिबाह गर्छु भन्यो भने दायाँ बायाँ केही नसोचेर हाम फाल्छौं र नराम्ररी फसेपछि मात्र यस्तो रहेछ, भनेर थाहा पाउँछौं, जब थाहा पाउछौं त्योबेला निकै ढीलो भइसकेको हुन्छ।

२०७३ फागुन ५ गते १०:४१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • ABConline लेख्नुहुन्छ    |   २०७३ फागुन ५ गते ११:५४

    There is no consistency in your writing. In one place you write:
    “सजिलै ग्रिनकार्ड पाउने लोभमा मैले झन्डै २० बर्ष जेठी महिलासँग कागजी बिबाह गर्न पुगे” then in next place

    “उसले मेरो ग्रिनकार्ड बनाउन केही सहयोग गर्न सक्ने अवस्था छैन किनकि उ गरिब जनतालार्इ सरकारी तबरबाट प्रदान गरिने खाद्ध्य भत्ता (फुड स्ट्याम्प) लिएर बसेकी नागरिक हुन्, त्यस्तो नागरिकले कुनै बिदेशी नागरिकसंग बिबाह गरेर ग्रिनकार्डका लागि आबेदन दियो भने आफैं सरकारी सहयोगमा बाँच्नेले तैंले बिदेशी नागरिकलाई कसरी पाल्छस् भनेर सरकारले प्रश्न गर्छ”

    21
    5
    Share

  • Dr. K R Dahal लेख्नुहुन्छ    |   २०७३ फागुन ५ गते १८:०२

    Dear Editor,

    The article written by Nabin Rayamajhi is very good and heart touching. Congratulations for the writer and editorial team of the ONLINEKHABAR.
    Dahal K R

    3
    9
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७३ फागुन ५ गते १८:२३

    Sathi ko story sad chha sorry to hear but lots of jhut kura chha story ma because he is paying her $5000 its not true its lots a money also 2nd lie he said no green card coz she has food stamp this is lie he can pat $5000 a month he can find some one file financial sponsor even nepali will do help for free aro le side sign gare hunchha wife poor vaye pani no problem ani arko big jhot is man cant divorce its not true he can file case go court if he dont want to live together easy divorce hunchha
    Sathi writter plz fake jhoth news garnu your big mistake dont do like this ani online khaber mitra make sure its real story most have base to publish

    20
    5
    Share

  • suraj लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २:५४

    fake story you can easily get work permit after u get married with US citizen when u are waiting for green card.

    9
    0
    Share

  • kiran khadka लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ४:१८

    its not $5000 brother $500

    3
    1
    Share

  • Algore लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ९:५५

    Are you bullshit Nabin? Try to be nice and positive person if you want to live in US. Otherwise you gonna hell.

    2
    0
    Share

  • amritsunar लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:३०

    kasto kura nabujhe ko hola .“सजिलै ग्रिनकार्ड पाउने लोभमा मैले झन्डै २० बर्ष जेठी महिलासँग कागजी बिबाह गर्न पुगे” 22 agadi ko kura ho u vakhar usa xireko thio uslai thahai thiyena.त्यस्तो नागरिकले कुनै बिदेशी नागरिकसंग बिबाह गरेर ग्रिनकार्डका लागि आबेदन दियो भने आफैं सरकारी सहयोगमा बाँच्नेले तैंले बिदेशी नागरिकलाई कसरी पाल्छस् भनेर सरकारले प्रश्न गर्छ” yo kura paxi thaha vayo.

    5
    2
    Share

  • राजेन्द्र ध्वज थापा लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते १३:४९

    राम्रो लाग्यो साथी नबीन

    0
    0
    Share

  • Bishnu लेख्नुहुन्छ    |   २०७३ फागुन ८ गते ६:०१

    This guy is really talking bullshit by citing an example of some rare exceptions.

    0
    0
    Share

  • Navin Rayamajhi लेख्नुहुन्छ    |   २०७३ फागुन ९ गते १८:००

    यो मैले एउटा नाम बताउन नचाहने व्यक्तिको बारेमा लेखेको थिए, तर सम्बन्धित पक्ष बाट असाबधानी हुँदा मेरो व्यक्तिगत घटना जस्तो हुन् गएर भ्रम सिर्जना हुन् गएकोले, कृपया भ्रम मा नपर्न बिनम्र अनुरोध गर्दछु. धन्यबाद.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this