Comments Add Comment

भैरहवा पुगेर अर्थमन्त्रीले भने, विकास बजेट खर्च नभए कारवाही गर्छु

१० फागुन, भैरहवा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्ण बहादुर महराले विकास बजेट खर्च गर्नको लागि फागुन महिनाभित्र प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । साथै उनले फागुन महिना भित्र विकास बजेट खर्च गर्ने प्रक्रिया सुरु नगरे कारवाही गर्ने बताएका छन् ।

उनले विकासे बजेट असार महिनामा बढी खर्च गर्ने निकै गलत प्रवृति बढ्दै गइरहेको बताउँदै अहिलेदेखि नै विकास बजेट खर्च नगरे कारवाही हुने बताए ।

कर्मचारीतर्फ कारवाहीको गर्ने संकेत गर्दै उनले भने, ‘विकासे बजेट फागुन महिना सम्म पनि खर्च गर्ने प्रक्रिया सुरु भएन भने कारबाहीको प्रक्रिया सुरु हुन्छ । तर त्यो अवस्थामा सिर्जना नहोस ।’

मंगलबार भैरहवामा जिल्ला प्रशासान कार्यालय रुपन्देहीद्धारा केन्दि्रय अनुगमन तथा निरिक्षण टोली र कर्मचारीबीचको छलफल कार्यक्रममा उनले भएको पुँजीगत बजेटले कार्य सुरु गर्न निर्देशन दिँदै योजनामा बजेट अपुग भए थप्न तयार रहेको बताए ।

उनले कार्यालय/आयोजनाहरुले योजनाको काम सुरु नगर्दै योजनामा बजेट थप गर्नुपर्ने माग गर्ने गलत परम्परा बन्दै गइरहेको गुनासो गरे ।

उनले कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘पुँजीगत बजेट खर्च गर्न के कारणले कहाँ रोकिएको छ ? त्यो हामीलाई भन्नुस् तर पुँजीगत बजेट कुनै तरिकाले खर्च गर्नुस् ।’

साथै उनले बैशाख ३१ गते हुने तय भएको स्थानीय निकायको निर्वाचनका लागि सम्पूर्ण कर्मचारीहरुलाई तयार रहन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment