Comments Add Comment

हामी त प्रेमी-प्रेमिका जस्तो छौं, दुबैले मोबाइलको पासवर्ड भन्दैनौं: रामकृष्ण/नीलम

मलाई ड्याडुको कुरा कहिले साचो चै लाग्दैनः रानी

गायक रामकृष्ण ढकाल समाजिक कामका लागि चैत्र १८ गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘ढकाल सुमधुर साँझ’को तयारीमा छन् । विन्धवासिनी म्यूजिकले आयोजना गर्न लागेको यो कार्यक्रममा ढकालले आफ्ना नयाँ र पुराना २ दर्जन गीत गाउँनेछन् । साथमा, देविका वन्दना, प्रविशा अधिकारी लगायतका गायिकाले उनलाई साथ दिनेछन् । लाइभ व्याण्डसँग आफूले प्रस्तुती दिन लागेको ढकालले बताए ।

रामकृष्ण, निलम र रानीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

उनै, गायक ढकाल, उनकी पत्नी निमल ढकाल र छोरी रानी ढकालसँग अनलाइनखबरले ‘मस्ती टक’ गरेको छ । निकै रमाइलो यो शोमा ढकाल जोडीले घरयासी जीवनको निकै रमाइलो कुराकानी गरेका छन् ।

निलम रामकृष्णको हरेक समय मोबाइल चलाउने शैलीबाट दिक्क छिन् । घर पुगेपछि पनि रामकृष्णले मोबाइल नै चलाउँदा कहिलेकाही त वाइफाइ नै अफ गरिदिउ जस्तो लाग्ने गरेको निलमको भनाई छ ।

सधै उस्तै देखिने यो जोडी आफूहरु श्रीमान्-श्रीमति जस्तो भन्दा पनि प्रेमी-प्रेमिका जस्तो देखिन्छौ भन्छ । रामकृष्णले निलमको बिषयमा भने-‘हाम्रो घरमा त हट लेमन वाहेक केहि पनि पाक्दैन । निलम दिनमा १४ गिलाससम्म हट लेमन पिउँछिन् ।’ आफूले केहि खानेकुरा खाएपनि निलमले भने हट लेमन मात्र पिउने गरेको पोल रामकृष्णले सुनाए ।

निलमले पनि आफूले रामकृष्णको गोजीबाट पैसा चोर्ने गरेको खुलाइन् । साथमा, आफ्नो गोजीबाट पनि रामकृष्णले पैसा चोर्ने गरेको निलमको भनाई थियो ।
छोरी रानीले आफूले पिता रामकृष्णको कुनै पनि कुरामा विश्वास नगर्ने गरेको सुनाइन् । उनले, आफूलाई आमाले बढी माया गर्ने र भनेको सबै पुर्‍यादिने ‘मस्ती टक’का क्रममा खोलिन् । रानीले पनि आफू बाबु जस्तै भविष्यमा गायन पेशामै लाग्ने स्पष्ट पारिन् ।

‘रानी’ छिन्, ‘राजा’को चाहना भएन, कि आउँदैछ भन्ने प्रश्नमा ढकाल दम्पत्तीले के भने, यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment