Comments Add Comment

एनसेलले घटायो ३० देशको कल शुल्क

अब प्रतिमिनेट शुल्क १.९९ रूपैयाँ मात्र

१३ चैत, काठमाडौं । एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्नेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यही सोमबार (चैत्र १४) देखिलागु हुने गरी नयाँ योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रतिमिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म लागु हुनेछ जसमा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिन सक्नेछन् र लोकल कल सरह विदेशमा कुरा गर्न सक्नेछन् ।

भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशहरुकालागि यो योजना लागु हुनेछ । हालयी देशहरुका लागि शुल्क प्रतिमिनेट कर बाहेक रु १.९९ देखि रु ४८.९९ सम्म रहेको छ जस्तै अमेरिकाको लागि प्रतिमिनेट रु १.९९ र अस्ट्रेलियाको लागि प्रतिमिनेट रु १५ रहेको छ ।

यो अफर अन्तर्गत सबै ३० मुलुकका लागि शुल्क कर बाहेक प्रतिमिनेट रु १.९९ कायम गरिएको छ । यो अफरको लाभ लिनका लागि एनसेलका ग्राहकले एस्टि्रक्स १७१०७ हृयास डायल गरी योे योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् ।
साथै ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योे योजना सुचारु गर्न सक्छन् ।

यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिवदध्ता अनुरुप ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ”यसले हाम्रा ग्राहकलाई विदेशमा रहेका आफ्ना परिवारजन तथा साथीभाईसँग अझ सुलभ शुल्कमा सम्पर्कमा रहन सहयोग पुर्याउने छ,”शर्माले भने ।

यो योजनामा सहभागी भएका ग्राहकले अंगे्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment