Comments Add Comment

राजकिशोरले भने- हामी पाँच पाण्डव हौं, राज्यले युद्ध सुरु गर्‍यो, अन्त्य हामी गर्छौं

'मधेस जनविद्रोहका लागि पार्टी एकता'

७ बैशाख, काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले एकता प्रक्रियामा सहभागी दलका नेताहरुलाई महाभारत युद्धका पाँच पाण्डवसँग तुलना गरेका छन् । उनले राज्यले युद्ध सुरु गरेको भन्दै सो युद्धलाई अब आफूहरुले अन्त्य गर्ने उदघोषसमेत गरे ।

‘महन्थ ठाकुर युधिष्ठिर हुन् । महेन्द्र राय यादव भिष्म हुन् । शरदसिंह भण्डारी अर्जुन हुन् । हामीसँग राजेन्द्र महतो पनि छन्,’ बिहीबार डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै यादवले भने, राज्यले युद्ध सुरु गर्‍यो अब अन्त्य हामी गछौं ।’

अधिकार प्राप्तिको लडाईंमा आफूहरुको जित सुनिश्चित भएको भन्दै यादवले भने, ‘यो पाँच पार्टीकोमात्र होइन, मधेस जनविद्रोहको एकता हो ।’

यो पनि पढ्नुहोस् 

मिले मधेस केन्द्रित पाँच दल, नाम राखियो ‘राजपा’

राजपा बन्यो मधेसको ठूलो पार्टी, अब चुनावमा आउला ?

विजय गच्छदार र गोपाल दहितबीच एकता, पार्टीको नाम फेरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment