Comments Add Comment

२ महिनादेखि बन्द मनिपाल सोमबार खुल्ने

१० बैशाख, पोखरा । तीनबुँदे सहमतिसँगै प्ाोखरा-११ फुलबारीमा रहेको मनिपाल शिक्षण अस्पताल सोमबारदेखि खुल्ने भएको छ । स्थानीयको दबावमा अस्पताल प्रशासन र आन्दोलनकारी चिकित्सकबीच ३ बुँदे सहमति भएको छ र, २ महिनादेख बन्द अस्पताल सोमबारदेखि खुल्ने भएको हो ।

सोमबार बिहान ८ बजेदेखि नियमित उपचार सेवा शुरु हुने अस्पताल प्रशासनले जनाएको छ । यसअघि फागुनदेखि विभिन्न मागहरु राखेर चिकित्सकहरु आन्दोलित भएपछि मनिपाल अस्पतालको आकस्मिक तथा ओपीडी सेवा पूर्ण रुपमा ठप्प थियो ।

मुस्ताङको कागबेनीमा दुर्घटनामा परेर उपचार गर्न ल्याएका १५ जना घाईतलाई चिकित्सकको आन्दोलनका कारण उपचार गर्न नसक्ने भन्दै मनिपालले फर्काईदिएपछि अस्पताल र चिकित्सकको चर्को आलोचना भएको थियो ।

स्थानीयले शनिबार नै अस्पतालको गेटमा ताला लगाउनुका साथै आइतबार वार्ताका लागि दबाव दिएपछि आईतबार दिउँसो वार्ता भएको थियो । वार्तामा बन्डेड चिकित्सकलाई ३ वर्ष र नन बन्डेड चिकित्सकलाई २ वर्षमा स्थायी गर्ने, सार्वजनिक बिदामा ड्यूटी गर्नेलाई सट्टा बिदा दिने तथा यसअघी बृद्धि भएको तलबमा पुर्नबिचार गर्न मनिपाल मुख्यालयमा लेखेर पठाउने सहमति भएको आन्दोलित चिकित्सकका अगुवा डा.दीपक कोइरालाले जानकारी दिए ।

यसअघी चिकित्सकलाई स्थायी गर्न, सट्टा बिदा दिन मनिपालले अस्वीकार गर्नुका साथै ५ देखी ६ हजारसम्म मात्र तलब बृद्धि गर्ने निर्णय गरेको थियो । आइतबारको सहमतिमा मनिपाल प्रशासन चिकित्सकलाई स्थायी गर्न र सट्टा बिदा दिन सहमत हुनुका साथै तलब बृद्धिका लागि मुख्यालयमा पुर्नबिचार गर्न लगाउन पत्र पठाउने बिषयमा समेत सहमति गर्न बाध्य भयो ।

तलब बृद्धि तत्कालै हुनुपर्ने अडानमा रहेका चिकित्सक पनि पुर्नबिचारका लागि केन्द्रीय कार्यालयमा पत्र लेख्नका लागि मात्र पनि लचक भएर सहमति जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment