Comments Add Comment

बच्चा राख्ने आमाको माग अस्वीकार

१६ वैशाख, काठमाडौं । मोरङ जिल्ला अदालतले आफ्नो बच्चा आफूसँग राख्न पाउनुपर्ने आमाको माग अस्वीकार गरिदिएको छ । आफूबाट जबर्जस्ती छुटाएर राखेको चार वर्षीय बच्चा आफ्नो संरक्षणमा हुनुपर्ने माग राखी मोरङको सुन्दरहरैंचा ८ की हिमा ढकालले पति तीर्थराज न्यौपाने र परिवारविरुद्ध हालेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अदालतले बच्चा बाबुको जिम्मा लगाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले रिट खारेज गरी बच्चालाई लालनपालन, हेरचाह, सुरक्षा, शिक्षादीक्षादेखि सबै कुरामा ध्यान दिँदै बाबुको जिम्मा दिने फैसला गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment