Comments Add Comment

हारको जिम्मेवारी लिँदै राप्रपा क्षेत्रीय अध्यक्षले दिए राजिनामा

४ जेठ, पोखरा । स्थानीय तहको निर्वाचनमा पार्टीले अप्रत्यासित नतिजा निकालेको भन्दै राप्रपाका कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्ष विश्वराज पौडेलले पदबाट राजिनामा दिएका छन् । पौडेलले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजिनामा दिएको विहीबार राती प्रेस नोट जारी गर्दै जनाएका हुन् ।

प्ाौडेलले जारी गरेको प्रेस नोटमा पदबाट राजिनामा दिएपनि हिन्दु राज्य र संवैधानिक राजसंस्थाप्रति अडिग रहिरहने उल्लेख गरेका छन् । पाैडेल कास्की क्षेत्र नम्बर १ को उपाध्यक्षसहित केन्द्रीय महाधिवेशन प्रतिनिधी पनि हुन् । उनी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment