शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

नेपालमा आइफोनको मूल्य घट्यो

अनलाइनखबर


५ जेठ, काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ ।

यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुनसक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने वितरक कम्पनीले उल्लेख गरेको छ ।

आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६, हजार, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९ हजार ८ सय, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१ लाख १२ हजार तोकिएको छ ।

त्यसैगरि आइफोन सेभेन प्लस ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु. रु.१ लाख ५ हजार, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१ लाख १९ हजार, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१ लाख ३२ हजार तोकिएको छ ।

आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८ हजार , १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२ हजार ५ सय तोकिएको छ ।

आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२ हजार ८ सयर आइप्याड प्रो ९.७ स्मार्ट की बोडको मूल्य रु.१७ हजार ५ सय तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध रहेको र आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको जेननेक्स्टले उल्लेख गरेको छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ । आधिकारिताको लागि जेननेक्स्टको होलोग्राम बक्समा हेर्न समेत कम्पनीले सुझाएको छ ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि डब्लुडब्लुडब्लु डट जीनेक्स्टकम डट कममा गएर चेक सर्भिस ट्याकमा आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

२०७४ जेठ ५ गते १२:१२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • टंक भण्डारी (शरणामति हाल बिर्तामोड) लेख्नुहुन्छ    |   २०७४ जेठ ७ गते १४:२१

    देशमा गरिबीले अहिले खान पाइयो, भरे कसरी खानु भनेर चिन्तित हुने वर्गहरू भइरहेको अवस्थामा नेपालमा “वर्गसंघर्ष” नामबाट आएको पार्टीको सरकार भएकाे समयमा एकातिर जनताको यो अवस्था छ भने अर्कोतिर १ लाखका मोबाइल बोक्ने सोख पनि छ । जय होस् !

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this