Comments Add Comment

‘नेपाली ठिटोज’को ‘चश्मा वाला’


म्यूजिक भिडियो निर्देशक विकास सुवेदीको निर्देशनमा तयार भएको ‘चश्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमी चाम्लिङ राइको स्वरमा समावेश यो गीतमा डीपी खनालको शब्द र शंकर थापाको संगीत छ ।

भिडियोमा नेपाली ठिटोजको मोडलिङ छ । नेपाली ठिटोजका क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी समेत हुन् । यो गीतको भिडियोमा सन्ध्या भट्टराइले पनि साथ दिएकी छिन् ।

काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको कभर भिडियो प्रतिस्पर्धाको पनि जानकारी दिइयो । कभर भिडियो बनाउने विजेतालाई ५० हजार नगद पुरस्कार र नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment