Comments Add Comment

सीतापाइला-नौबिसे सुरुङलाई ५ अर्ब ९४ करोड, सडक आयोजनामा कति बजेट ?


१५ जेठ, कााठमाडौं । सरकारले सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । ब्यवस्थापिक संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणका लागि झण्डै ६ अर्ब बजेट बिनियोजन गरिएको बताए ।

सरकारलेअन्य सडकहरुका लागि पनि बजेट बिनियोजन गरेको छ । बुटवल-नारायणगढ सडकलाई ४ लेनमा विस्तार गर्न ७ अर्ब ११ करोड बजेट छुट्याइएको छ । त्यसैगरी धरान चतरा-हेटौंडा सडकलाई १३ अर्ब रुपैयाँ विनियोजन गरिएको महराले जानकारी दिए ।

प्रदेशस्तरीय सडकलाई कम्तिमा दुई लेनको सडक बनाउने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment