Comments Add Comment

सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (पूर्णपाठसहित)

चालु खर्च ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत

 

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि  १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको छ । यो आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो ।

गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरे । बजेटमा चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।

चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ।

यसका लागि सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ताबाट १५ अर्ब, बैदेशीक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने उल्लेख गरेको छ ।

यो बजेट ४ खर्ब ६१ अर्ब न्यून हुने भएको छ ।

यसमध्ये बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाइने भएको छ र बाँकी रकम चालु आवमा बचतमा रहेको नगद मौज्दातबाट जुटाइने उल्लेख छ ।

सरकारले राजस्व संकलनको भने महत्वकाँक्षी लक्ष्य लिएको छ । चालु आव अन्त्यमा ५ खर्ब ८० अर्ब राजस्व संकलन हुने संशोधित अनुमान गरेको सरकारले आगामी आवमा ७ खर्ब ३० अर्ब संकलन गर्ने योजना बनाएको छ ।

हुनतः  चालु आवमा सरकारले राजस्व लक्ष्यमा सोचेभन्दा बढि प्रगति हासिल गरेपछि संशोधित गरेर संकलनको लक्ष्य बढाएको थियो ।

स्थानीय तहको निर्वाचनको बीचमा प्रस्तुत भएको बजेटमा नयाँ नीति तथा कार्यक्रम भने आएन । नयाँ कार्यक्रम ल्याउन नपाएको सरकारले राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त रकम विनियोजन गरेको छ ।

तर बजेटको आकार उच्च वृद्धि भएको भन्दै सरकारमा समावेश दलले समेत असन्तुष्टि जनाएका छन् । यद्यपी सत्तारुढ दल र प्रतिपक्षले समेत स्थानीय तहमा गरिएको बजेट विनियोजनको प्रशंसा गरेका छन् ।

बजेटमा सुरक्षित बस्न पाउने जनताको अधिकार, उर्जा बिकासका आधार उज्यालो नेपाल अभियान, नेपालको पानी जनताको लगानी, सहरी पुर्वाधार: विकासको आधार, मानवीय क्षमताको आधार : शिक्षाको पुर्वाधार र म स्वस्थ मेरो देश स्वस्थ जस्ता नारा दिएर कार्यक्रम अघि सारिएको छ ।

यो पनि पढ्नुस् 

काठमाडौंको विद्युत वितरण प्रणाली भूमिगत गरिने, उर्जा क्षेत्रलाई ६२ अर्ब

पूर्वअर्थमन्त्री महतले भने-पुरक बजेटका लागि ‘स्पेश’ नै राखिएन

सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रम यथावत

७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाइने

बुढीगण्डकी आयोजनालाई १० अर्ब, जलासययुक्त आयोजनालाई प्राथमिकता

यस्ता छन्, बजेटले समेटेका स्वास्थ्यका कार्यक्रम

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

अब यी कार्यक्रमहरु स्थानीय तहको अधिकार क्षेत्रमा पुगेको छ

कोटेश्वर-सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

तीन विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट, द्रुतमार्गलाई १० अर्ब

निजी क्षेत्रको प्रतिक्रियाः गोल्छा भन्छन्- बजेट निराशाजनक छ

पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब बजेट छुट्याइयो

गाउँपालिकाले १० करोडदेखि ३९ करोडसम्म बजेट पाउने

बजेटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment