Comments Add Comment

अब साहरुखको फिल्ममा सलमानको केमियो


बलिउडका दुई चर्चित नायक साहरुख खान र सलमान खानको मित्रता निकै फराकिलो बन्दै गएको छ । हलमा रिलिज भैरहेको सलमान अभिनित चलचित्र ‘ट्यूवलाइट’मा साहरुखले केमियो भूमिका निर्वाहा गरेका थिए ।

अब, साहरुखको एक चलचित्रमा सलमानले केमियो भूमिका गर्ने भएका छन् । साहरुख अहिले निर्देशक आनन्द एल राइसँग मिलेर एक चलचित्रमा काम गरिरहेका छन् । यो चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा छन् । चलचित्रको नाम पक्का भैसकेको छैन ।

यो चलचित्रमा साहरुखको साथमा कट्रिना कैफ र अनुष्का शर्माले काम गरिरहेका छन् । चलचित्रमा केमियो भूमिकाका लागि सलमानलाई अफर गरिएको छ । साहरुखले मिडियासँग भनेका छन्-‘मेरो र सलमानको भेट रातको ३ बजे हुन्छ । हामीले यो बिषयमा बसेर छलफल गरेका छैनौ । तर, उनले यो चलचित्रमा काम गरे भने मलाई खुशी लाग्नेछ ।’

चलचित्रमा सलमानको भूमिका ‘गोगो पासा’का रहेको छ । सलमान र साहरुख फेरि एक पटक पर्दामा देखिए भने, फ्यानका लागि यो एउटा उपहार हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment