Comments Add Comment

‘आइफा अवार्ड’मा ‘नीरजा’ उत्कृष्ट फिल्म, साहिद र आलिया उत्कृष्ट नायक-नायिका


भारतकै सर्वाधिक चर्चित र प्रतिष्ठित मानिएको ‘आइफा अवार्ड’ यस बर्ष अमेरिकाको राजधानी न्यूयोर्कमा सम्पन्न भयो । बलिउड कलाकारहरुको बाक्लो उपस्थितीमा अवार्ड आयोजना भएको थियो । यस बर्षको अवार्डमा ‘निरजा’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । यस्तै, चलचित्र ‘उड्ता पंजाब’बाट साहिद कपुर र आलिया भट्टले उत्कृष्ट नायक-नायिकाको अवार्ड जितेका छन् ।

चलचित्र ‘पिंक’बाट अनिरुद्धा रोय चौधरी उत्कृष्ट निर्देशकको अवार्ड जित्दा बरुण धवनले उत्कृष्ट ‘हाँस्य कलाकार’को अवार्ड जिते भने अनुपम खेरले उत्कृष्ट सह-अभिनेताको अवार्ड जिते ।

शवना अज्मीले ‘निरजा’ चलचित्रबाट उत्कृष्ट ‘सह-अभिनेत्री’को अवार्ड जितिन् । ‘उड्ता पञ्जाब’बाट दिलजित दोसाँजले ‘उत्कृष्ट नव-नायक’को अवार्ड जित्दै गर्दा नायिका दिसा पटानीले ‘उत्कृष्ट नव-नायिका’को अवार्ड चलचित्र ‘एम एस धोनी’बाट जितिन् ।

अवार्डमा सहभागी हुनका लागि सलमान खान, साहिद कपुर, रितेश देशमुख, बरुण धवनदेखि कट्रिना कैफ, आलिया भट्ट लगायतका दुई दर्जन बढी कलाकार न्यूयोर्क पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment