Comments Add Comment

बिमलेन्द्र निधिको प्रस्तावः २ नम्बर प्रदेशमा सय सिट जितेर कांग्रेसलाई पहिलो बनाऔं

कांग्रेसले काठमाडाैंमा बेलायाे २ नम्बरको प्रादेशिक भेला

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीका प्रदेश नम्बर २ का नेता कार्यकर्तासमू आसन्न स्थानीय चुनावमा एक सय सिट जित्नसक्ने बिश्लेषण सुनाएका छन् ।

असोज २ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका निधिले प्रदेश नम्बर २ को एक सय २७ मध्ये १०० सिट कांग्रेसले जित्नसक्ने आंकलन सुनाए ।

उनले भने, ‘पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिव ५० सिटले पछि परेका छौं, मेरो धारणा छ कि अतिसयोक्ति हुँदैन भने १०० पालिकामा हामी विजय प्राप्त गरौं । कांग्रेसलाई पहिलो स्थानमा ल्याउन हाम्रो ठूलो जिम्मेबारी छ ।’

निधिले प्रदेश नम्बर २ का सिरहा र सप्तरी बाहेक ६ जिल्लामा गरेको सर्वेक्षण भन्दै ९८ स्थानीय तहमध्ये १९ वटामा मात्र एमालेको प्रभाव रहेको सुनाए । उनले भने, ‘यो हाम्रा लागि सुखद लक्षण हो, एकताबद्ध भएर लाग्ने हो भने हामीलाई कसैले हराउन सक्दैन ।’

निधिले एमालेको प्रभाव क्षेत्र भनिएको हाइवेमा पर्ने स्थानीय तहमा कांग्रेस, माओवादी र राजपासमेतसँग गठबन्धन बनाएर चुनावमा जाने प्रस्तावसमेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment