Comments Add Comment

तीजमा श्रृजनाको ‘लाउरे माया’


‘हाउडेमाया’ गीतबाट चर्चामा आएकी गायिका श्रृजना खत्रीले तीजको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाकै शब्द तथा संगीत पनि छ ।

गीतमा श्रृजनाले आधुनिक शैली पनि मिसाएकी छिन् । तीजको गीतमा र्‍याप समेत प्रस्तुत गर्दै श्रृजनाले गीतमा नयाँ प्रयोग गरेको बताएकी छिन् । क्रान्ती केसीले निर्देशन गरेको यो गीतको भिडियो आकर्षक छ ।

अर्जुन तिवारीको छायांकन, क्रान्ती केसीकै सम्पादन रहेको भिडियोलाई कलरफूल बनाइएको छ । भिडियोमा विनु खड्का र दुर्गेस थापाले मोडलिङ गरेका छन् । गायनमा श्रृजनालाई मिस्टर आरजेले साथ दिएका छन् ।

तीजको अवसरमा पार्टीमा रमाउने, डिस्कोमा जानेहरुका लागि यो गीत राम्रो माध्यम बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment