Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिन म्याद

आयोगका सदस्य भन्छन्: २१ दिनमा सबै काम गर्न गाह्रो छ

५ साउन, काठमाडौं । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निवर्वाचन क्षेत्र निर्धारण गर्न ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् ।

स्थानीय तह पुनर्संरचना आयोगको सदस्य बनेर काम गरिसकेका अधिकारी भूगोलविद भने कार्की समाजशास्त्री हुन् ।

आयोगले २१ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको सरकार प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न संवैधानिक व्यवस्था अनुसार यो आयोग गठन भएको छ । यसले २१ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ’ उनले भने ।

आयोगका सदस्य माधव अधिकारीले भने २१ दिनमा प्रतिवेदन बुझाउन कठिन हुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘एक दुुई हप्ता तथ्यांक संकलनका लागि नै चाहिन्छ होला । २१ दिनमा सबै काम गर्न गाह्रो छ । हामी प्रयास गर्छौं ।’

संविधानअनुसार संघीय संसदको १६५ निर्वाचन क्षेत्र हुनेछ भने एक संघीय निर्वाचन क्षेत्रमा दुई प्रादेशिक निर्वाचन क्षेत्र रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment